शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

५४ करोड ९० लाख रूपैयाँ लागतमा पातिचौर-बाजुङ-लेसपार-नागी सडकको स्तरोन्नति थालियो

images
मंगलबार, पुस २ २०८१
images
images
५४ करोड ९० लाख रूपैयाँ लागतमा पातिचौर-बाजुङ-लेसपार-नागी सडकको स्तरोन्नति थालियो
फाइल तस्बिर

करिब २८ किलोमिटर लामो यो सडक झन्डै ५४ करोड ९० लाख ४२ हजार नौसय ७० रूपैयाँको लागतमा स्तरोन्नति थालिएको हो।

images
images

पर्वत- मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर-बाजुङ-क्याङ-लेसपार-नागी सडक स्तरोन्नतिको काम भइरहेको छ। 

images
images
images

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा आरसीआईपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो। करिब २८ किलोमिटर लामो यो सडक झन्डै ५४ करोड ९० लाख ४२ हजार नौसय ७० रूपैयाँको लागतमा स्तरोन्नति थालिएको हो। यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए।

images
images

मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदो मोदीका वडा नंं ५ र ४ का बासिन्दा कष्टकर रुपमा यात्रा गर्न बाध्य भएका थिए। स्तरोन्नतिअन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए।

images
images
images

चौबिस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौँडाले निर्माणको जिम्मा पाएको छ। अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन्।

दुई वर्षमा कालोपत्रसहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ। यसले पर्यटकीय र अन्य रणनीतिक महत्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताइन्। विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिललगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ।

योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ। गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब रु ४२ करोडको लागतमा निर्माणाधीन रतिखोला-दराक-चित्रे-गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि द्रुतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्रसहित सम्पन्न हुनेछ।

दुवै सडकको संघीय सांसद तथा पूर्वमन्त्री पदम गिरीले अनुगमन गरेका छन्। सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गरेका छन् उनले तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिएका छन्। रासस


प्रकाशित : मंगलबार, पुस २ २०८११२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend