बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पिक आवरमा औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने

मंगलबार, पुस २ २०८१
पिक आवरमा औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने

चिसोका कारण यही समयमा विद्युतको माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरुको उत्पादन घट्ने अवस्था छ। हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नैपर्ने अवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आधिकारिकरुपमै लोडसेडिङ हुने घोषणा गरेको छ। प्राधिकरणले धेरै बिजुलीको खपत हुने समयमा औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने घोषणा गरेको छ।

४५६ मेगावाटको माथिल्लो तामाकोशीको उत्पादन अवरुद्ध भएको र त्यहाँबाट उत्पादन नभएसम्म औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जानकारी दिएको छ।

हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जानकारी दिएको छ।

चिसोका कारण यही समयमा विद्युतको माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरुको उत्पादन घट्ने अवस्था छ। हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नैपर्ने अवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ।

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेका छन्। 

प्रकाशित : मंगलबार, पुस २ २०८११२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend