बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

६ महिनामा ११ सय विद्युतीय कार नेपाल भित्रियो

images
आइतबार, माघ ९ २०७८
images
images
६ महिनामा ११ सय विद्युतीय कार नेपाल भित्रियो
images
images

काठमाडौं- साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा १ हजार १ सय ३ वटा विद्युतीय कार आयात भएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कर बढाएर रोकिएको विद्युतीय कार आयात त्यसपछि अर्थमन्त्री बनेका विष्णु पौडेलले कर घटाएपछि पुनः आयात बढेको थियो। 

images
images

त्यसयता नेपाली बजारमा विद्युतीय कारको माग तथा आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २ सयदेखि ३ सय किलोवाटसम्मका २ वटा विद्युतीय कार आयात भएको छ। 

images
images

त्यस्तै सोही अवधिमा १५० देखि २ सय किलोवाट क्षमताका ६ सय ९२ वटा विद्युतीय कार आयात भएका छन्। यो ब्याट्री सेगमेन्टका विद्युतीय कार पनि कम नै आउने गरेका छन्।  

images
images

१ सयदेखि १५० किलोवाटसम्म सेगमेन्टका १३ वटा  विद्युतीय कार चालु आवको ६ मिहनामा आयात भएको छ। 

१ सय किलोवाटसम्म ब्याट्री क्षमताका भएका ३ सय ९६ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। यो सेगमेन्टका विद्युतीय कारमा कम कर लाग्ने गरेको छ। त्यसै सबैभन्दा बढी २ सयदेखि ३ सय किलोवाट क्षमताको ब्याट्री प्रयोग भएका कारका कर लाग्ने गरेको छ। 

नेपाली बजारमा चिनियाँ ब्रान्डदेखि अमेरिकी ब्रान्ड टेस्ला तथा युरोपेली ब्रान्डसम्मका विद्युतीय कार आयात हुँदै आएको छ। त्यस्तै टाटा, किया, हुन्डाई, एमजी, ग्रेटवाल मोटर्सलगायत ब्रान्डका विद्युतीय कार समेत उपलब्ध छन्। 

सं यसअघि ११ सय हुनुपर्नेमा अन्यथा भएका सच्याइएको छ


प्रकाशित : आइतबार, माघ ९ २०७८०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend