मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २ २०८१
माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं- माउन्टेन इनर्जी नेपालले सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ। बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ।

सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

यसरी संकलित रकम ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने पनि कम्पनीले जनाएको छ।

हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।



प्रकाशित : मंगलबार, पुस २ २०८१११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend