बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद जारी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २ २०८१
images
images
माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद जारी गर्ने
images
images

काठमाडौं- माउन्टेन इनर्जी नेपालले सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

images
images
images

कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ। बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ।

images
images

सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

images
images
images

यसरी संकलित रकम ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने पनि कम्पनीले जनाएको छ।

हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।



प्रकाशित : मंगलबार, पुस २ २०८१११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend