मंगलबार, वैशाख २५ गते २०८१    
images
images

आयातमा कडाइ गरेपछि पुसमा चाँदीको आयात घट्यो 

images
बिजनेस न्युज
images
images
आयातमा कडाइ गरेपछि पुसमा चाँदीको आयात घट्यो 

चालु वर्षको सुरुदेखि नै आयात बढ्दै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चाँदी आयातमा कडाइ गर्दै आएको थियो। असोजमा चाँदीको भन्सार महसुल बढेको थियो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेपछि पुसमा चाँदी आयात घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार पुसमा चाँदीको आयात अघिल्ला महिनाको तुलनामा धेरै घटेको हो। 

images
images
images

अघिल्ला पाँच महिनामा मासिक औषतमा २६ हजार किलो चाँदी आयात भएकोमा पुसमा भने हजार किलो पनि पुगेको छैन। भन्सार विभागका अनुसार पुस महिनामा ६०२ किलो मात्र चाँदी आयात भएको छ। 

images

मूल्यका हिसाबले पुसमा ६ करोड रुपैयाँको मात्र चाँदी आयात भएको छ। साउनदेखि मंसिरसम्म १२ अर्ब ५१ करोड रुपैयाँको चाँदी आयात भएकोमा पुससम्म १२ अर्ब ५७ करो रुपैयाँको आयात भएको छ। पुससम्म १ लाख ३३ हजार १४ किलो चाँदी आयात भएको छ। 

images

चालु वर्षको सुरुदेखि नै आयात बढ्दै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चाँदी आयातमा कडाइ गर्दै आएको थियो। असोजमा चाँदीको भन्सार महसुल बढेको थियो। 

images
images

त्यस्तै नेपाल राष्ट्र बैंकले चाँदीको आयातमा कडाइ गरेको थियो। मौद्रिक नीतिको पहिलो त्रायमासिक समीक्षाबाट चाँदीको आयातमा कडाइ गरेको थियो। चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटहीको सुविधा दिने व्यवस्था गरेको थियो।

चाँदीको आयात स्वाट्टै घटेपनि सुनको आयात भने खासै घट्न सकेको छैन। भन्सारको तथ्यांक अनुसार पुसमामात्र ३ अर्ब १७ करोड रुपैयाँको सुन आयात भएको छ। पुसमा ४५४ किलो सुन आयात भएको छ। साउनदेखि पुससम्म भने ३१८८.५ किलो सुन आयात भएको छ। 

images

प्रकाशित : आइतबार, माघ ९ २०७८०६:२८
प्रतिक्रिया दिनुहोस