काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा करिब १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भन्सार विभागगको तथ्यांक अनुसार ६ महिनामा विभिन्न देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तुको आयात भएको हो।
वस्तु आयात गत वर्षको ६ महिनाको अवधिमा चालु वर्षको आयात ५१.१३ प्रतिशतले धेरै हो। त्यस्तै नेपालको कुल व्यापार घाटा गत वर्षको भन्दा ४६ प्रतिशतले बढेर ८ अर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।
चालु आवको ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अबै रुपैयाँ रहेको छ। ६ महिनामा नेपालबाट १ अर्ब १८ अर्बको निर्यात भएको छ। यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा ९५.४८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।