शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भाटभटेनीका सञ्चालक मीनबहादुरले एमालेलाई जग्गा दान दिएको विरुद्धमा परेको रिट सर्वोच्चद्वारा खारेज

images
सोमबार, पुस १ २०८१
images
images
भाटभटेनीका सञ्चालक मीनबहादुरले एमालेलाई जग्गा दान दिएको विरुद्धमा परेको रिट सर्वोच्चद्वारा खारेज

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको हो।

images
images

काठमाडौं- भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दिएको जग्गादानका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

images
images
images

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको हो।

images
images

सर्वाेच्च अदालतले रिट खारेज गरिदिएसँगै एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि गुरुङले दान गरेको जग्गामा सम्बन्धित पक्षले भवन बनाउन पाउने बाटो खुल्ने देखिन्छ। 

images
images
images

गत दसैँको फुलपातीका दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्को वर्षभित्र भवनसमेत बनाइदिने घोषणा गरेका थिए। कतिपय मुद्दाहरुको सामना गरिरहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।


प्रकाशित : सोमबार, पुस १ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend