शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : मन्त्री गुरुङ

images
सोमबार, पुस १ २०८१
images
images
वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : मन्त्री गुरुङ

'विगतमा हामी सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो। अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ', उनले भने।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताएका छन्।

images
images
images

काठमाडौंमा आज आयोजित ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

images
images

पटकपटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना, नीति, नियम र आधारहरू लथालिंग भएको बताउँदै सरकारका प्रवक्ता गुरुङले त्यसैले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्वसहितको विकासमा जोड दिएको उल्लेख गरे।

images
images
images

'राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ। तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ', उनी भन्छन्, 'विगतमा हामी सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो। अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ।' रासस


प्रकाशित : सोमबार, पुस १ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend