बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

संकटमा प्रशासनलाई औँला देखाउने पूर्वअर्थमन्त्रीहरू काम गरेको जस लिन गर्छन् हानथाप

images
सोमबार, पुस १ २०८१
images
images
संकटमा प्रशासनलाई औँला देखाउने पूर्वअर्थमन्त्रीहरू काम गरेको जस लिन गर्छन् हानथाप

राजनीतिक नेतृत्वले खासमा अर्थतन्त्रको केयर गर्नेभन्दा पनि प्रशासनिक प्रक्रियालाई फलोमात्र गर्ने गरेका छन्। नेताहरूले जतिसुकै अहिले अर्थतन्त्र सम्हालेको गफ दिएपनि वास्तविकता त्यस्तो देखिँदैन।

images
images

काठमाडौं- गएको बुधबारको अर्थसमितिको बैठकमा अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो। बैठकमा अन्य सांसद सदस्यभन्दा पूर्वअर्थमन्त्रीहरूले अर्थतन्त्रका बारेमा प्रश्न उठाउने र वर्तमान अर्थमन्त्रीले त्यसको जवाफ दिने भइरहेको थियो। 

images
images
images

अर्थतन्त्रमा देखिएको लामो समयदेखिको रुकावटको अवस्थाका बारेमा सांसदहरूको विभिन्न प्रश्न छ। सर्वसाधारण, व्यवसायीकै पनि लामो समयदेखि प्रश्न रहँदै आएको छ। चौतर्फी चिन्ता र चासोका बीचमा पूर्व र वर्तमान अर्थमन्त्रीहरूको दन्तबजान भने  अर्कैतिर देखिएको छ। 

images
images

बुधबारको बैठकमा उनीहरूले अर्थतन्त्र आफूले नै बचाएको बताएका थिए। आफूले खराब अर्थतन्त्र पाएको तर सम्हालेर अर्कोलाई हस्तान्तरण गरेको उनीहरूको भनाइ थियो। वर्षमान पुन र प्रकाशशरण महतले यस्तै तर्क गरेका थिए। वर्तमान अर्थमन्त्री विष्णु पौडेलले पनि आफूले खराब अर्थतन्त्र पाएको र यसबाट अपेक्षित परिणाम अझै नपाएको र सम्हालेर अघि बढेको बताएका थिए। 

images
images
images

नेताहरूले आफूले अर्थतन्त्र संकटको अवस्थाबाट उकास्न भूमिका खेलेको दाबी गरेपनि अवस्था भने फरक रहेको छ। नेताहरूको जस लिन हानथाप भएपनि खासमा राजनीतिक नेतृत्वको चरम बेवास्ताका कारण झन संकटमै रुमल्लिएको छ। 

जनार्दन शर्मा अर्थमन्त्री हुँदा चौतर्फी संकटको सामना गरेको अर्थतन्त्र अहिले भने फरक संकटमा छ। पहिले वैदेशिक मुद्राको भण्डारण रित्तिएर प्रणाली दबाबमा थियो तर अहिले भण्डारण धेरै भएर व्यवस्थापन गर्न सकस भएको छ। 

न्यून स्रोत हुँदा आयात रोकेर वैदेशिक मुद्राको भण्डारण बढाउनेबाहेक यो बीचमा राजनीतिक नेतृत्वले अर्थतन्त्रको गति बढाउन उल्लेख्य भूमिका खेलेको छैन। अझ उल्टो हरेक अप्ठ्यारो अवस्थामा अर्थमन्त्रीहरूले राष्ट्र बैंकलाई देखाउने गरेका छन्। आफूले हात झिकेर राष्ट्र बैंकमाथि दोष थोपर्ने काम गर्दै आएका छन्। 

अर्थतन्त्र संकटमा जाँदा नेतृत्वदायी भूमिका खेलेर अविभावकत्व निभाउनुपर्ने राजनीतिक नेतृत्वले नै हात झिक्ने खतरनाक प्रवृत्ति देखिएको छ। 

यही बीचमा राजस्व ऋणात्मक हुनुका साथै तरलता अभावदेखि अधिक तरलतासम्मको प्रत्येक बिन्दुमा राजनीतिक नेतृत्वको असल भूमिका देखिएको छैन। वृद्धिदरबिनाको शिथिल अर्थतन्त्र अहिले पनि चलिरहेको छ।

राजनीतिक नेतृत्वले संकटमा नेतृत्व गर्नुपर्नेमा उल्टो हात झिक्ने प्रवृत्ति देखिएको अर्थशास्त्री डा. पुष्कर बज्राचार्य बताउँछन्। 

‘लामो समयदेखि अर्थतन्त्रको गति अस्वभाविक भइरहेको छ। प्रशासनिक अग्रसरतामै निर्भर रहेको छ। राजनीतिक नेतृत्वको अग्रसरता र अविभावकत्व करिब छैन भने पनि हुन्छ’ उनी भन्छन्। 

राजनीतिक नेतृत्वले खासमा अर्थतन्त्रको केयर गर्ने भन्दा पनि प्रशासनिक प्रक्रियालाई फलोमात्र गर्ने गरेको छ। नेताहरूले जतिसुकै अहिले अर्थतन्त्र सम्हालेको गफ दिएपनि वास्तविकता त्यस्तो देखिँदैन।

नेतृत्वमा बस्नेहरूले प्रशासनलाई दिशानिर्देश गर्नुपर्ने नै संकटको समयमा हो, तर उल्टो प्रशासनलाई निर्देशन दिनेबाहेक अरु नगर्ने प्रवृत्ति देखिएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपाल। 

‘खासमा नेतृत्व गर्ने भनेकै संकटमा हो। तर नेतृत्वमा बस्नेहरूको लाचारीका कारण अहिलेको अवस्था आएको छ। विवेकपूर्ण कदम नेतृत्वमा बस्नेहरूबाट देखिएन’ उनी भन्छन्। 


प्रकाशित : सोमबार, पुस १ २०८१०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend