शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

४० प्रतिशत लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्सको नाफा र प्रतिसेयर आम्दानी किन घट्यो?

images
आइतबार, माघ ९ २०७८
images
४० प्रतिशत लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्सको नाफा र प्रतिसेयर आम्दानी किन घट्यो?

नेप्सेले मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयर मूल्य ६७० दशमलव ७१ तोकेको थियो। फाइनान्सको दोस्रो बजारमा ७७९.९० रुपैयाँमा कारोबार भइरहेको छ।।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा घटेको छ। नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयर मूल्य ६७०.७१ रुपैयाँ तोकेको थियो। फाइनान्सको दोस्रो बजारमा ७७९.९० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य अधिकतम १४५६ रुपैयाँ पुगेको थियो भने न्युनतम ३९२ रुपैयाँमा कारोबार भएको थियो।

images
images

गत वर्ष उच्च नाफा गरेको फाइनान्सको यस वर्ष खुद नाफा ३३.५२ प्रतिशतले घटेर ७ करोड ५३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यसैअवधिमा यसले ११ करोड ३४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको खुद ब्याज आम्दानीमा समान्य सुधार आएको छ भने सञ्चालन नाफा घटेको छ।

images
images

खुद ब्याज आम्दानी २.२४ प्रतिशतले बढेर १९ करोड ७७ लाख २६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसले १९ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दान कमाएको थियो। यो वर्ष फाइनान्सको सञ्चालन नाफा ३०.८६ प्रतिशतले घटेर १० करोड ७६ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसाले घटेर ११ रुपैयाँ १६ पैसामा सीमित भएको छ। अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४९ पैसा थियो भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ छ। 


प्रकाशित : आइतबार, माघ ९ २०७८०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend