शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान, ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी सम्झौता हुने

images
आइतबार, मंसिर ३० २०८१
images
images
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान, ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी सम्झौता हुने

कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उनका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए।

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

images
images
images

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। 

images
images

मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ।

images
images
images

कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उनका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, मंसिर ३० २०८११५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend