बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एनआइएमबि एस क्यापिटल : प्राइभेट इक्विटी फण्डमार्फत लगानीकर्ताले कसरी लगानी गर्ने? कहिले रिर्टन लिने?

उद्योगको लगानी विस्तार र बजारीकरणमा सहयोगी बन्दै

images
आइतबार, मंसिर ३० २०८१
images
images
एनआइएमबि एस क्यापिटल : प्राइभेट इक्विटी फण्डमार्फत लगानीकर्ताले कसरी लगानी गर्ने? कहिले रिर्टन लिने?
images
images

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेडले १२ वर्षदेखि मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ। गत वर्षदेखि कम्पनीले प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटलको कोष व्यवस्थापकसम्बन्धी कार्यसमेत गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी आफ्नो उद्देश्यअनुरुप कार्य गरिरहेको छ। 

images
images
images

कम्पनीले विशिष्टिकृत लगानी कोष नियमावली २०१९ अन्तर्गत एनआइबिएल इक्विटी पार्टनसमार्फत लगानी गर्न अनुमति पाएको हो। प्राइभेट इक्विटी फण्डमार्फत विभिन्न उद्योगमा लगानी विस्तारका लागि यो कम्पनी सहयोगी बन्दै आएको छ। 

images
images

इजाजतप्राप्त मर्चेन्ट बैंकरको रुपमा यस कम्पनीले सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक सेवा, सेयर रजिष्ट्रारसम्बन्धी सेवा, हितग्राही सेवा, लगानी व्यवस्थापन सेवा तथा परामर्श सेवासम्बन्धी सम्पूर्ण काम गर्दै आएको छ। 

images
images
images

यो कम्पनीले ‘लाइसेन्स्ड फन्ड म्यानेजर’ भएर १० अर्ब रुपैयाँको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड- एनआइबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन गरेको छ। कम्पनीका अनुसार हालसम्म एनआइबिएल इक्विटी पार्टनर्सको एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रियरुपमा थप कोष लगानी गर्ने योजना रहेको छ। 

एनआइबिएल इक्विटी पार्टनर कोष विभिन्न क्षेत्रमा लगानी भएको छ। लगानीकर्तालाई अधिकभन्दा अधिक लाभ दिनका लागि विवेकपूर्ण परियोजना छनौटदेखि भविष्यमूखी परियोजनामा लगानी गर्दै आएको छ। लामो अनुभव र प्राविधिक ज्ञान भएकाहरूको बोर्डबाट स्वीकृत तथा परिचालन हुने संरचना बनाइएको छ। 
 
नवीकरणीय ऊर्जा, उत्पादनमूलक उद्योग, ई-कमर्स र सूचना प्रविधि, कृषि, आतिथ्य सेवा, शिक्षा र रियलस्टेटलाई प्रामथिकतामा राख्दै लगानी गर्दै आएको छ। अर्थतन्त्रलाई बलियो र उत्पादनमूलक बनाउनका लागि कोषको लगानी योजना तय हुँदै आएको छ। 

अघिल्लो वर्ष एनआइबिएल इक्वीटी पार्टर्नसअन्तर्गत काम सुरू गरेको कम्पनीले गतवर्षको मंसिरबाट धमाधम काम गरिरहेको छ। १० अर्बको फन्ड १५ वर्ष अवधिका लागि अनुमति पाएको कम्पनी विभिन्न उद्योगमा लगानी विस्तारका लागि सहयोगी भूमिकामा रहेको छ। कम्पनीले उद्योगको उत्पादन बढाउँदै रोजगारी सिर्जना गरेर लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

१० अर्ब फन्डको अनुमतिमा एनआइएमबिएल भनेर इनभेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत बराबर १ अर्ब र एनआइएमबि एस क्यापिटलले १० प्रतिशत बराबर १ अर्ब गरी कुल २ अर्ब लगानी गरेको छ। २ अर्ब आफ्नै लगानी गरेर सुरू भएको क्यापिटलले प्राइभेट इक्वीटी फन्डमा ८ अर्ब बजारबाट उठाउने छ। जुन रकम उच्च प्रतिफलसहित १५ वर्षभित्रमा लगानीकर्तालाई फिर्ता गरिने छ।

सुरूमा ट्रयाक रेकर्ड देखाउनका लागि आफ्नै २ अर्ब रूपैयाँबाट विभिन्न ४ क्षेत्रमा लगानी गरिसकेको छ भने अहिले दर्जनौँ कम्पनीमा लगानी गर्नका लागि पाइपलाइनमा राखेर अध्ययन भइरहेको छ। फन्डबाट शिन्तामणी मुस्ताङ, जगदम्बा स्पिनिङ मिल्स, डेरिस डेरिज, फिकल टि एण्ड कफीमा लगानी गरिएको छ। 

कम्पनीले लगानी गरेको शिन्तामणी मुस्ताङ हाइ एण्ड पर्यटक भित्र्याउने गरी निर्माण गरिएको सुविधासम्पन्न होटल हो। त्यस्तै जगदम्बा स्पिनिङ मिल्स निर्यातजन्य धागो उत्पादन गर्ने कम्पनी हो। डेरिस डेरिज दही, दुध तथा घ्यू, पनिर उत्पादन गर्ने कम्पनी हो, जसले विभिन्न डिपार्टमेन्ट स्टोरमा सप्लाइ गर्ने कामसमेत गर्दछ। साथै फिकल टि एण्ड कफी कम्पनी भने कफी उत्पादन गर्ने कम्पनी हो। फन्डबाट क्यापिटलले १० करोडदेखि माथि लगानी गर्दै आएको छ। 

अहिले फन्ड रेजमा वाणिज्य बैंक, विकास बैंक, इन्स्योरेन्स कम्पनी सँगसँगै कर्पोरेट घराना र व्यक्तिगत रुपमा लगानी उठाउनेगरीका काम गरिरहेको छ। राष्ट्र बैंकको एउटा पोलिसीले गर्दा बैंकहरूलाई लगानी गर्न समस्या भइरहेको छ। सरकारले प्राइभेट इक्वीटीलाई बढावा दिनुपर्छ भनिरहेको छ। तर राष्ट्र बैंकबाट पुँजीकोषमा गणना गर्दिँदा समस्या भएको छ। जसले गर्दा बैंकहरूको लगानी आउन समस्या भएको छ। अहिले पुँजीकोषबाटै घटाउन पर्ने नियम राखेपछि बैंकहरूलाई दबाब भएको छ।

कसैले लगानी गरेपछि बजारमा जाने समयमा वा लगानी विस्तारमा समस्या भएका उद्योगमा प्राइभेट इक्वीटी फन्डमार्फत लगानी गर्ने प्रमुख उद्देश्य हो। लगानी गर्नुअगाडि सबै उद्योगको अडिट गरेर अध्ययन गरेर कति लगानी चाहिने हो सोहीअनुसार लगानी हुन्छ।

प्राइभेट इक्वीटीको लगानी सुरक्षित लगानी हो। जसमा लगानीकर्ताले राम्रो लाभांश पाउनेछन्। यसमा उद्योगमा सेयर नै लिएर लगानी हुनेछ। जसमा बढीमा १५ वर्षसम्म लगानी हुनेछ। सेयरहोल्डर नै हुने भएकोले फन्ड १५ वर्षको रहेको छ। उद्योगमा पैसामात्रै नभएर सबै प्रकारको सहयोग गरिने छ। नेपालमा अलि चाँडो बाहिरिँदा लाभांश लिन सकिँदैन भनेर १५ वर्ष राखिएको छ। 

कम्पनीले इनर्जीअन्तर्गत हाइड्रो सोलार हस्पिटालिटी उत्पादन उद्योगमा कृषि र एग्री प्रोसेसिङमा रियल स्टेट डेभलपमेन्टमा क्षेत्रमा लगानी गर्ने सोच रहेको छ। जसमा ५० प्रतिशतभन्दा कम लगानी गरिनेछ। यसबाट बहिरिने भनेको साधारण सेयर (आईपीओ) जारीपछि बाहिरिने गरी लगानी थालिएको छ।

लगानीकर्ताले लगानी हालेपछि सबै म्यानेजमेन्ट क्यापिटलले गर्नेछ। जुन उद्योगमा लगानी गरेपछि त्यसबाट हुने नाफा लगानीकर्तालाई पाउने छन्। जस्तै ५० लाख लगानी गर्ने लगानीकर्ताले १५ वर्षमा ४ देखि ६ गुणासम्म कमाउने छ। जसमा १५ वर्ष कुर्न पर्दैन। १० वर्षभित्रै रिर्टन पाइसकेको हुन्छ। जसबाट २ प्रतिशत सेवाशुल्क लिएर बाँकी रकम लगानीकर्तालाई नै फिर्ता हुने छ। 

अहिले लगानी गर्न बैंक इन्स्योरेन्स कर्पोरेट हाउसका व्यक्तिहरू पनि धेरैले चासो दिएका छन्। बीमा प्राधिकरणले इन्स्योरेन्सहरूमा १.५ प्रतिशतससम्म लगानी गर्न पाउने छ। लगानी गरेर उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गराउने मुख्य उद्देश्य हो। 


प्रकाशित : आइतबार, मंसिर ३० २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend