काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ ससय रुपैयाँ घटेको छ। शुक्रबार ९३ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि ३ सय घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।