शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्साबाट ३० लाख रूपैयाँबराबरको भन्सार छलीका कपडा बरामद

images
आइतबार, मंसिर ३० २०८१
images
images
पर्साबाट ३० लाख रूपैयाँबराबरको भन्सार छलीका कपडा बरामद
फाइल तस्बिर

ती सामानको मूल्य ३० लाख ४९ हजार सातसय रूपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

images
images

काठमाडौं- पर्साको वीरगञ्ज महानगपालिका-६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाख रूपैयाँ बराबरको कपडा बरामद गरेको छ।

images
images
images

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

images
images

बरामद गरिएको कपडामा कुर्तासुरूवाल एक हजार ६ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्‌कोटलगायत रहेको छ।

images
images
images

ती सामानको मूल्य ३० लाख ४९ हजार सातसय रूपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर ३० २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend