शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३० २०८१
images
images
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए।

images
images

गलकोट- बागलुङ नगरपालिका-७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक एक लाख ५० हजार बचत गर्दे आएका छन्। 

images
images
images

स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ। बाह्र बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए।

images
images

'तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु', उद्यमी शर्माले भने। एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

images
images
images

फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए। 

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण  मूल्य भने अस्थिर हुने गरेको उनले बताए। किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए। 

कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ। त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ३० २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend