सोमबार, वैशाख २४ गते २०८१    
images
images

चीनबाट आइपुग्यो २० लाख सिरिन्ज

images
बिजनेस न्युज
images
images
चीनबाट आइपुग्यो २० लाख सिरिन्ज
images
images

काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। केही दिनदेखि नेपालमा खोप लगाउन सिरिन्ज अभाव हुन थालेको थियो। सिरिन्ज अभावसँगै खोप अभियान प्रभावित हुने भएपछि सरकारले चीनसँग खोप खरिद गरेको हो।

images
images
images

तर पहिलो लटमा भने चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।  चिनियाँ प्रतिनिधीले नेपाली प्रतिनिधीलाई उक्त सिरिन्ज हस्तान्तरण गरेका हुन्। 

images

स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने बताए। थप सिरिन्ज भने एक सातामा भित्रै आइपुग्ने छ । 

images

नेपालमा कोभिडविरुद्धको खोप ७० लाखभन्दा बढी स्टकमा रहेको समयमा सिरिन्ज भने २० लाख हाराहारीमा मात्र छ।

images
images

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०२:२१
प्रतिक्रिया दिनुहोस