मंगलबार, वैशाख २५ गते २०८१    
images
images

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक : बेइजिङ

images
बिजनेस न्युज
images
images
चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक : बेइजिङ
images
images

अमेरिका- अमेरिका-पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ।  यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

images
images
images

वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, "अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। 'हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं," पेंग्युले भने।

images

बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो।

images

चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले  जनाएको छ।

images
images

चीनले भर्खरै  कोभिड-१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ।

चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४  यात्रु उडान निलम्बित गरेको छ। रासस (एएनआई)

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०२:०८
प्रतिक्रिया दिनुहोस