बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

एक सय जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना!

images
शनिबार, माघ ८ २०७८
images
images
एक सय जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना!
images
images

काठमाडौं-पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। याे कुल परीक्षण संख्याकाे ५०.७९ प्रतिशत हाे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार १ सय ८७ परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८ सय ६२ पुगेको छ।

images
images
images

पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २ सय ८३ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

images

 १६ जना मृत्यु

images
images

विगत २४ घण्टामा आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। अहिलेसम्म ११ हजार ६ सय ५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको छ।

images
images

कोरोनाको तेस्रो लहर सुरु भएपछि २४ घण्टा शनिवार ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै बढी थिए। यस्तै ५ सय भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन्।

यस्तै २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ।

हाल होम आइसोलेशनमा ७१  हजार २ सय ६१, संस्थागत आइसोलेशनमा एक हजार ६ सय १, आइसीयूमा २ सय १० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८ सय ५७ जनाले खोप लगाएका छन्।

अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४ सय ५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८ सय ६७ जनाले लगाइसकेका छन्। यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५ सय ८९ मात्रा लगाइएको छ।

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend