शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

२९ हजार ७ सय डलरसहित एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २८ २०८१
images
images
२९ हजार ७ सय डलरसहित एकजना पक्राउ

बसमा सवार यात्रुले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेला परेको छ।

images
images

झापा- झापाको कमल गाउँपालिका-३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। 

images
images

त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेला परेको उनले बताए।

images
images
images

नेपाली दररेटअनुसार उक्त डलरको नेपाली ४० लाख ३३ हजार आठ सय ५४ रुपैयाँ रहेको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २८ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend