शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

images
बिहीबार , मंसिर २७ २०८१
images
images
भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

मधेश सरकारले धनुषा र महोत्तरीमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउन थालेपछि कृषि पेसा सहज बन्दै गएको छ।

images
images

जनकपुरधाम- किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि भूमिगत सिँचाइ प्रणाली अत्यन्त महत्वपूर्ण एवं प्रभावकारी हुँदै गएको छ। मधेश प्रदेश सरकारले धनुषा र महोत्तरी जिल्लामा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउन थालेपछि कृषि पेसा सहज बन्दै गएको हो।

images
images
images

आकाशे पानीको भरमा, नहर तथा नदीनालाबाट सिँचाइको व्यवस्था गर्नुपर्नेमा यो प्रविधि किसानका लागि बरदान सावित भएको बर्दिवास-२ का किसान श्याम महतोले बताए।

images
images

यो प्रविधिबाट खेतीका लागि सिँचाइका साथै खानपिनका तथा दैनिक जीवनमासमेत प्रयोग भइरहेको उनले उल्लेख गरे। कृषि पेसामा अबद्धलाई अहिले भूमिगत सिँचाइबाट खेती गर्न सहज भएको उनले बताए।

images
images
images

जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीद्वारा धनुषा र महोत्तरीका ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युबेल र ‘पावर ड्रिल’बाट सिँचाइ सुविधा पु¥याइरहेको जनाइएको छ।

एउटा डिप ट्युबेलबाट ४० बिघा खेत सिँञ्चित हुने गरेको कार्यालयका इञ्जिनीयर अमलेश यादवले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी हालसम्म ३५ वटा डिपट्युबेल जडान भएर एक हजार चारसय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ।

एउटा डिपट्युबेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म एक करोड रूपैयाँभन्दा बढी खर्च हुने गरेको यादवले बताए। गत आर्थिक वर्षमा पाँचवटा डिप ट्युबवेलको निर्माण प्रक्रिया सुरु भएको थियो। एउटा निमार्णमा ३० लाख रूपैयाँसम्म खर्च भएको भन्दै चालु आवमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने कार्यालयले जनाएको छ। अहिले पाँचवटाको निर्माणमा एक करोड ५० लाख रूपैयाँ खर्च भइसकेको छ।

हालसम्म ५० वटा पावर ड्रिल निमार्ण भइ सञ्चालनमा रहेका कार्यालयका इञ्जिनीयर यादवले जानकारी दिए। एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँञ्चाइ हुने गरेको छ। एउटा पावर ड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख रूपैयाँ लाग्ने गरेको उनको भनाइ छ। कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षदेखि हालसम्म ८१ पावर ड्रिल निर्माण प्रक्रियामा छन्।

दुवै जिल्लामा डिपट्युबेल तथा पावरड्रिलबाट एक हजार आठ सय ५० बिघामा सिँचाइ भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिए।। डिप ट्युबवेल निमार्ण उपभोक्ता समितिबाट भइरहेको छ। 

मधेश प्रदेश सरकारअन्तर्गत रहेको सो कार्यालयका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन कम भएकाले काममा समस्या हुँदै आएको कर्मचारीले बताएका छन्।

भूमिगत सिँचाइका लागि २०४१ सालमा स्थापना भएको कार्यालयबाट निर्माण भएको एक दर्जन डिपट्युबेलको ट्रान्सफर्मर चोरी भएको इञ्जिनीयर यादवले बताए। सम्बन्धित प्रहरी कार्यालयमा पटक-पटक लिखित तथा मौखिक रूपमा जानकारी गराइए हालसम्म कसैलाई कुनै कारबाही नभएको उनले गुनासो गरे। ट्रन्सफर्मरमा तामाको क्वायल रहने हुँदा चोरी हुनसक्ने उनले उल्लेख गरे। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend