मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

शोधनान्तर बचत २ खर्ब ५ अर्ब पुग्यो, विदेशी मुद्रा सञ्चितिले १५ महिनाको आयात धान्ने

बिहीबार , मंसिर २७ २०८१
शोधनान्तर बचत २ खर्ब ५ अर्ब पुग्यो, विदेशी मुद्रा सञ्चितिले १५ महिनाको आयात धान्ने

काठमाडौं- अर्थतन्त्र संकुचित रहेकाले नेपालको बाह्य क्षेत्र थप मजबुत हुँदै गएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक प्रस्तुत गर्दै शोधानान्तर स्थिति २ खर्ब ५ अर्ब रुपैयाँ रहेको उल्लेख गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा शोधनान्तर बचत करिब ५६ अर्ब रुपैयाँले बढेको हो। गत वर्षको यसै अवधिमा सञ्चिति १ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा चालु खाता १ खर्ब ४३ अर्ब रुपैयाँले बचतमा रहेको छ।

गत वर्षको यसै अवधिमा यस्तो बचत ९७ अर्ब १० करोड रुपैयाँ रहेको थियो। यस अवधिमा रेमिट्यान्स ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब रुपैयाँ भित्रिएको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स २२.५ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्षको ४ महिनामा आयात ०.२ प्रतिशत र निर्यात ४.२ प्रतिशतले बढेको छ। वैदेशिक व्यापारमा आएको संकुचन र रेमिट्यान्समा भएको वृद्धिले सञ्चिति उल्लेखीयरुपमा बचतमा रहेको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सरकारसँग १६ अर्ब ७० करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति रहेको छ। यस्तो सञ्चितिले १५.१ महिनाको वस्तु तथा सेवा आयात र १८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा उपभोक्ता आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend