शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

ग्लोबल आईएमई बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

images
बिहीबार , मंसिर २७ २०८१
images
images
ग्लोबल आईएमई बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।

images
images
images

साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

images
images

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरणपश्चात कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ।

images
images
images

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए। साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे  

ग्लोबल आईएमई बैंक 'ग्लोबल फाइनान्स'को 'बेष्ट बैंक अवार्ड २०२४' र 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको जनाएको छ।  

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको ग्लोबल आईएमई बैंकका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend