बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

विराट राजाको दरबार उत्खनन्

images
शनिबार, माघ ८ २०७८
images
images
विराट राजाको दरबार उत्खनन्
images
images

मोरङ- मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ। पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ।

images
images
images

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आउनुभएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिनुभएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ।

images

सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए। उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ।

images
images

मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरेका छन्।

images
images

उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ। त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ।

मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लाग्नुभएका स्थानीय नवकिशोर यादवले बताए।

उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए।

 उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए।

२०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए।

 सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, 'झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।' रासस

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०१:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend