शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

images
बिहीबार , मंसिर २७ २०८१
images
images
तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

चालु आवका लागि एक अर्ब ४२ करोड १२ लाख आठ हजार रूपैयाँ विनियोजन भएकोमा २० करोड ४० लाख ९१ हजार रूपैयाँ खर्च भएको छ।

images
images

तनहुँ- पूर्वाधार विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ। कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए। उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ।

images
images
images

उनले भने, 'पाँच करोड रूपैयाँभन्दा साना दुईवटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ। यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन।'

images
images

तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड १२ लाख आठ हजार रूपैयाँ विनियोजन भएकोमा २० करोड ४० लाख ९१ हजार तीनसय दश रूपैयाँ खर्च भएको छ।

images
images
images

चालुतर्फ एक करोड ९१ लाख २८ हजार रूपैयाँ विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ। पुँजीगततर्फ प्रदेशबाट एक अर्ब ४० करोड १२ लाख ८० हजार रूपैयाँ विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ।

जिल्लामा निर्माणाधीन नौ सडक पुल छन्। त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताए। उनले भने, 'जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ। चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ। अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयमा लैजान सक्ने अवस्था छ।'

चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि १८ करोड रूपैयाँ, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल)का लागि रु पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि तीन करोड रूपैयाँ, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि रु दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुबर्षे योजनाका लागि दुई करोड ५० लाख रूपैयाँ, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि दुई करोड ५० लाख रूपैयाँ, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि दुई करोड ५० लाख रूपैयाँ विनियोजन भएको छ। 

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि दुई करोड ५० लाख रूपैयाँ, तल्लो डुम्रे मोटरेवल पुलका लागि दुई करोड ३६ लाख ८२ हजार रूपैयाँ, कुलुङ खोला पुल भिमाद १ डुम्रीबेँसीका लागि दुई करोड १६ लाख ५६ हजार रूपैयाँ, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि दुई करोड रूपैयाँ, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि दुई करोड रूपैयाँ, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि दुई करोड रूपैयाँ, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि दुई करोड रूपैयाँ, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि दुई करोड रूपैयाँ र सिन्धु मार्गका लागि दुई करोड रूपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend