शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा पनि गिरावट

images
बिहीबार , मंसिर २७ २०८१
images
images
वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा पनि गिरावट

चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

images
images

पर्सा- वीरगञ्जबाट डिजेल आयातमा घटेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

images
images
images

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ। आव २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड आठ लाख ७६ हजार रूपैयाँको दुई लाख ४६ हजार सातसय १९ किलोलिटर डिजेलको आयात भएको थियो। गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रूपैयाँको डिजेल आयात भएको थियो।

images
images

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए। मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ।  

images
images
images

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए। उनले भने, 'सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ। त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।'

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रूपैयाँको एक लाख ४२ हजार आठसय ६५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजार रूपैयाँको एक लाख २९ हजार एकसय २६ किलोलिटर पेट्रोल आयात भएको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend