मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बजार पुँजीकरणका हिसाबले दोस्रो बजारका यी पाँच ठूला कम्पनी, कुनको कति?

बिहीबार , मंसिर २७ २०८१
बजार पुँजीकरणका हिसाबले दोस्रो बजारका यी पाँच ठूला कम्पनी, कुनको कति?

बजार मूल्यांकनका हिसावले अहिले सबैभन्दा ठूला कम्पनीको रूपमा नयाँ कम्पनीहरू धमाधम आइरहेका छन्। नेप्सेको बजार बजारपुँजीकरण ४५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) पछिल्लो पटक नयाँ कम्पनीहरू सूचीकृत हुने क्रम बढ्दो छ। नयाँ कम्पनीहरू आउने मात्रै नभएर ठूला कम्पनीको रूपमा उदाउनेक्रममा रहेका छन्।

बजार मूल्यांकनका हिसाबले अहिले सबैभन्दा ठूला कम्पनीको रूपमा नयाँ कम्पनीहरू धमाधम आइरहेका छन्। नेप्सेको बजारपुँजीकरण ४५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

विशाल बजार कम्पनीको बुधबारसम्म बजारपुँजीकरण २ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिकित्ता बुधवार ६ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको छ।

४ अर्ब रूपैयाँ चुक्तापुँजी रहेको कम्पनी बजारपुँजीकरणका हिसाबले सबैभन्दा ठूला कम्पनी हो। कम्पनीको पछिल्लो एकवर्षमा प्रतिकित्ता ७ हजार २ सय ४७ रूपैयाँसम्म कारोबार भएको थियो भने घटेर ३ हजार ५ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये बजार पुँजीकरणका हिसाबले दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी पर्दछ। चुक्तापुँजी १७ अर्ब ९९ करोड रूपैयाँ रहेको कम्पनीको बुधबार प्रतिसेयर ९६१ रुपैयाँमा कारोबार भएको थियो। कम्पनी बजारपुँजीकरण १ खर्ब ७३ अर्ब १४ करोड रूपैयाँ रहेको छ।

नबिल बैंक पनि बजारपुँजीकरणका हिसाबले तेस्रो ठूलो कम्पनी हो। कम्पनीको बुधवार प्रतिसेयर मूल्य ५२८ रूपैयाँमा कारोबार भएको छ। चुक्तापुँजी २७ अर्ब ५ करोड रहेको बैंकको बजारपुँजीकरण १ खर्ब ४२ अर्ब ८६ करोड रूपैयाँ रहेको छ।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये बजार पुँजीकरणका हिसाबले चौथो नम्बरमा नेपाल नागरिक लगानीकोष रहेको छ। कम्पनीको बुधबार प्रतिकित्ता २ हजार १ सय ७४ रुपैयाँमा कारोबार भएको कम्पनीको चुक्तपुँजी ६ अर्ब ५ करोड ७६ लाख रूपैयाँ रहेको छ। कम्पनीको बजारपुँजीकरण १ खर्ब ३१ लाख ६९ हजार ३८ करोड रुपैयाँ रहेको छ।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये पाँचौ ठूलो कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ। कम्पनीको बुधबार प्रतिकित्ता ७७५ रूपैयाँमा करोबार रहेको भएको थियो। १३ अर्ब ४२ करोड २२ लाख रूपैयाँ चुक्तापुँजी रहेको कम्पनीको बजारपुँजीकरण १ खर्ब ४० करोड २१ लाख रूपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८१०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend