बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

ताप्लेजुङमा ७१ लाखमा बनेकाे प्लान्टबाट अक्सिजन उत्पादन सुरु

images
शनिबार, माघ ८ २०७८
images
images
ताप्लेजुङमा ७१ लाखमा बनेकाे प्लान्टबाट अक्सिजन उत्पादन सुरु

संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको थियो।

images
images

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ। जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो।

images
images
images

गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा  उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको बायोमेट्रिक टेक्निसियन प्रमुख सरोज चौधरीले बताए। अहिले प्लान्टबाट  तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौंधरीको भनाइ छ।  

images

जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ। पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटरसम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैयाँ मूल्य निधारण गरिएको चौधरीले बताए।  

images
images

संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको थियो। अहिले सो प्लान्टबाट  उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो।

images
images

अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा  राखिएको जिल्ला अस्पतालले जनाएको छ। स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए। रासस

images

प्रकाशित : शनिबार, माघ ८ २०७८१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend