शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

धनुषा र महोत्तरीमा गहुँखेतीका लागि डीएपी मल अभाव

images
मंगलबार, मंसिर २५ २०८१
images
images
धनुषा र महोत्तरीमा गहुँखेतीका लागि डीएपी मल अभाव

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ।

images
images

जनकपुरधाम- धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ।

images
images
images

दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए। पहिलो चरणमा धनुषामा सातसय ५४ मेट्रिकटन तथा महोत्तरीमा सातसय १६ मेट्रिकटन डीएपी मल बिक्री भइसकेको छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए।

images
images

हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डीएपी मल आवश्यक रहेको जनाइएको छ। थप डीएपी मल माग गरिएपनि प्राप्त नभएको प्रमुख साहले बताए। अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उनको भनाइ छ।

images
images
images

साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डीएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए। उनले भने, 'हामीसँग युरिया मल मौज्दात छ, तर डीएपी छैन।' ती दुवै जिल्लाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ।

धनुषामा ३३ हजार पाँचसय हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ। उक्त क्षेत्रफलमा भएको खेतीबाट एक लाख पाँचसय मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीप यादवले बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend