मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार ओरालोतिर लाग्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

मंगलबार, मंसिर २५ २०८१
लगातार ओरालोतिर लाग्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- अघिल्लो साता उतारचढावबीच समग्रमा १३.१२ अंकले घटेको सेयर बजार यो साता पनि लगातार ओरालोतिर नै लागेको छ।

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरिरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। 

यो साता आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार पनि ओरालोतिर नै लागेको हो। 

मंगलबार ६.३२ अंकले घटेर बजार २६६९.८२ बिन्दुमा झरेको छ। ८५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत देखिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा बजार कमजोर देखिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरूको तर्क छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिन सकेको छैन।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend