शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’ हुने

images
मंगलबार, मंसिर २५ २०८१
images
images
आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’ हुने

माघ २६ देखि फागुन १० गतेसम्म आयोजना हुने १४ दिने ‘बिजनेस एक्स्पो’ मा तीनसय ५० प्रदर्शनी कक्ष राखिने छन्।

images
images

सुनसरी- धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ।

images
images
images

नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समितिले स्थानीय रंगशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले बताए।

images
images

एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ।

images
images
images

साथै प्याराग्लाइडिङ, र्‍याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ।

एक्पोमा तीनसय ५० प्रदर्शनी कक्ष राखिने छन्। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend