मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

४ महिनामा वाणिज्य बैंकहरुले कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति?

सोमबार, मंसिर २४ २०८१
४ महिनामा वाणिज्य बैंकहरुले कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति?

काठमाडौं- चालु आर्थिक वर्षको ४ महिना(कात्तिकसम्म) मा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएका छन्। असोज महिना १६ अर्ब १८ करोड खुद नाफा गर्न सफल वाणिज्य बैंकहरुले कात्तिकमा ६ अर्ब नाफा थप्न सफल भएका छन्।

यस अवधिमा सबैभन्दा धेरै खुद  नाफा नबिल बैंकले २ अर्ब ६९ करोड रुपैयाँ गरेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ।  

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गर्दै चौथो स्थानमा रहेको छ।  कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन्। 

यस्तै यस अवधिमा एनएमबि बैंकले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब २३ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ खुद नाफा गरेका छन्।
 
यसैगरी नेपाल बैंक लिमिटेडले ९३ करोड ६१ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेका छन्। 

सिटिजन्स इन्टरनेशनल बैंकले ४३ करोड ८६ करोड रुपैयाँ र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाउँदा कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।


प्रकाशित : सोमबार, मंसिर २४ २०८१२१:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend