शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा

images
सोमबार, मंसिर २४ २०८१
images
images
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा

सिलवाल २०८० को साउन १६ गतेबाट स्वत: अवकाशमा जानुपर्ने भएपनि नागरिकतको प्रतिलिपी लिँदा उमेर घटाएर सोही विवरण बुझाएको र राहदानी बनाउँदा ३ वर्ष उमेर कम गराइ बनाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिइ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ।

images
images
images

सिलवाल २०८० को साउन १६ गतेबाट स्वत: अवकाशमा जानुपर्ने भएपनि नागरिकतको प्रतिलिपि लिँदा उमेर घटाएर सोही विवरण बुझाएको र राहदानी बनाउँदा ३ वर्ष उमेर कम गराइ बनाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images
images

अख्तियारको आरोपत्रमा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साल साउन १६ गतेबाट ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो नौ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानूनबमोजिम कारबाही हुनुपर्ने आरोपसहित मुद्दा दर्ता गरेको छ।

images
images
images

आफ्नो जन्म मिति २०१५ साउन १५ गते हो भने थाहा हुँदाहुँदै पनि सिलवालले २०१६ कात्तिक २२ को नागरिकताको प्रमाणपत्र पेस गरेको र उमेर ढाँटी/झुट्टा विवरणको वैयक्तिक विवरण पेस गरी, नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको विषय कानूनविपरीत रहेको अख्तियारको ठहर छ।

उमेर ढाँटी मिति २०१८ कात्तिक २४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा करिब ३ वर्ष उमेर घटाइ झुट्टा विवरणका फाराम लगायतका कागजात पेस गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेस गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराइ राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याइ लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सबुत प्रमाणबाट पुष्टि भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

सिलवालले २०८० साउन १५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एकसय ५४ रूपैयाँ सोह्र पैसा जफत/असुलउपर हुन मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो।


प्रकाशित : सोमबार, मंसिर २४ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend