बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

स्रोत नखुलेको ५० लाखसहित पाँचजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ ८ २०७८
images
images
स्रोत नखुलेको ५० लाखसहित पाँचजना पक्राउ

महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन्।

images
images

जलेश्वर- गएको पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित पाँच जना पक्राउ परेका छन्।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख ४ हजार २ सय र १५ लाख ३६ हजार रूपैयाँ बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए।

images

प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका-८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा-३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाख रूपैयाँसहित पक्राउ गरेको थियो।

images
images

त्यस्तै सोही दिन जलेश्वर नपा-३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा-६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा-१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो।

images
images

त्यसैगरी माघ ६ गते मटिहानी नपा-३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले रु दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो।

महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सिमानाका तथा कुनै पनि नेपाली गाउँ सहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको बताए। रासस

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend