शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

images
सोमबार, मंसिर २४ २०८१
images
images
सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो।

images
images

बैतडी- वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।

images
images
images

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

images
images

बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

images
images
images

हिमपात र वर्षाका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ। दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो। रासस


प्रकाशित : सोमबार, मंसिर २४ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend