शनिबार, असोज ५ गते २०८१    
images
images

३० हजारले लिए ई-पासपोर्ट, अबको एक महिनाभित्र सबै जिल्ला प्रशासनबाट वितरण हुने

images
शनिबार, माघ ८ २०७८
images
images
३० हजारले लिए ई-पासपोर्ट, अबको एक महिनाभित्र सबै जिल्ला प्रशासनबाट वितरण हुने

ई–पासपोर्ट अहिलेसम्म ३० वटा जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट जारी हुन थालिसकेको विभागमा प्रवक्ता शरदराज आरनले जानकारी दिए।

images
images

काठमाडौं- सरकारले मंसिर १ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको थियो। पहिलो चरणमा राहदानी विभागबाट ई-पासपोर्ट वितरण सुरु भएको थियो। विभागले शताब्दी पुरुष सत्यमोन जोशीको नामबाट विद्युतीय पासपोर्ट जारी सुरु गरेको थियो।

images
images
images

यसरी सुरु भएको ई-पासपोर्ट अहिलेसम्म ३० वटा जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट जारी हुन थालिसकेको विभागमा प्रवक्ता शरदराज आरनले जानकारी दिए।

उनका अनुसार माघ ७ गते शुक्रबारसम्म ३० हजार ई-पासपोर्ट जारी भइसेको छ। ‘कोभिडका कारण भने ई-पासपोर्ट जारीमा केही समस्या आएकाृे छ,’ उनले भने ‘ई-पासपोर्ट जारीमा कुनै प्राविधिक समस्या आएर समस्या भएको होइन। कर्मचारीलाई कोभिड हुँदा समस्या आएको हो।’

उनका अनुसार दैनिक विभागबाट १२ सय वटा ई-पासपोर्ट वितरण भइरहेको थियो। तर अहिले दैनिक ४ सय वटा गर्ने योजना पनि कर्मचारीलाई कोभिड भएपछि कम भएको आरनको भनाइ छ।

images

साथै उनका अनुसार अबको एक महिनाभित्रै ७७ वटा जिल्ला प्रशासन र १८ वटा इलाका प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरणको काम सुरु हुन्छ।

ई-पासपोर्ट बनाउनका लागि सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। साथै ई-पासपोर्टका लागि अनलाइन आवेदन दिनुपर्ने छ।


प्रकाशित : शनिबार, माघ ८ २०७८०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend