बागलुङ- संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका-२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको छ।
सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट-२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ।
आयोजनाको सबै काम सात करोड ६५ लाख रूपैयाँमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शंकर पोखरेलले बताए। हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ। रासस