शनिबार, असोज ५ गते २०८१    
images
images

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ ८ २०७८
images
images
उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा शनिवार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

images
images

काठमाडौं-कोभिड–१९ संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा शनिवार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।     
     
स्थानीय प्रशासन काठमाडौं, ललितपुर र भक्तपुर को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो। काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।     
     
प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।     
     
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि शनिवार बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।     
     
आदेशानुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।   

images
images
images


प्रकाशित : शनिबार, माघ ८ २०७८०३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend