शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
images
वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए।

images
images

पर्सा- वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन्।

images
images
images

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो। 

images
images

पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए।

images
images
images

'भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो। यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो', उनले भने, 'व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ।' 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए। 'यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ', उनले भने। 

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए।

उनका अनुसार वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालय छन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend