मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

झन्डै १ खर्ब रुपैयाँको सार्वजनिक निष्कासन हुँदै, लगानीकर्ताका लागि आईपीओ, एफपीओ र हकप्रदमा अवसर

शनिबार, मंसिर २२ २०८१
झन्डै १ खर्ब रुपैयाँको सार्वजनिक निष्कासन हुँदै, लगानीकर्ताका लागि आईपीओ, एफपीओ र हकप्रदमा अवसर

नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्कासनको अनुमति माग्न कम्पनीहरू ओइरिएका छन्। दर्जनौँ कम्पनी साधारण सेयर, हकप्रद सेयर, एफपीओ र डिभेन्चरसहित ९२ अर्ब ७ करोड ५१ लाख १५ हजार २ सय ४९ रुपैयाँ बराबरको लगानी गर्नका लागि पाइपलाइनमा रहेका छन्।

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्कासनको अनुमति माग्न कम्पनीहरू ओइरिएका छन्। दर्जनौँ कम्पनी साधारण सेयर, हकप्रद सेयर, एफपीओ र डिभेन्चरसहित ९२ अर्ब ७ करोड ५१ लाख १५ हजार २ सय ४९ रुपैयाँ बराबरको लगानी गर्नका लागि पाइपलाइनमा रहेका छन्।

लगानीकर्ताका लागि सबै सेक्टरमा लगानी गर्न पाउने अवसर आउँदै छ। विगत एक वर्षदेखि बोर्डमा अध्यक्ष नियुक्त नहुँदा धेरै कम्पनीहरू अनुमतिको पर्खाइमा रहेका छन्।

आईपीओ निष्कासनका लागि पर्खाइमा ८० कम्पनी रहेका छन्। जसमा ३४ करोड १९ लाख १ हजार ८४ कित्ताका लागि आवेदन परेको छ। ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार ५ सय ९६ रुपैयाँ बराबरको आईपीओका लागि आवेदन दिइएको छ। जसमा होटल तथा पर्यटन क्षेत्रमा मात्रै ३ करोड ६३ लाख ६० हजार कित्ता बराबरको ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको छ। जसमा ७ वटा कम्पनी छन्।

त्यस्तै ४० वटा हाइड्रोपावर कम्पनीले १६ करोड ३६ लाख ५ हजार ४ सय ८४ कित्ता बराबरको १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार ४ सय रूपैयाँको लागि आवेदन दिएका छन्।

त्यस्तै उत्पादन उद्योगतर्फ १५ कम्पनीमार्फत ९ करोड १६ लाख ७५ हजार ६ सयष ८४ कित्ताका लागि आवेदन परेको छ। जसमा लगानीकर्ताहरूले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँ बराबर लगानी गर्ने छन्।

त्यस्तै इन्भेष्टमेन्ट कम्पनीतर्फ ३ वटाले १ करोड ५० लाख ७३ हजार ५ सय कित्ताका लागि आवेदन माग गरेका छन्। जसमा २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ रहेको छ।

माइक्रोफाइनान्सतर्फ ४ कम्पनीले ९० लाख कित्ताका लागि आवेदन दिएका छन्। जसमा ९० करोड रुपैयाँ लगानी हुनेछ।

त्यस्तै ननलाईफ इन्स्योरेन्सतर्फ १० वटा कम्पनीले २ करोड ६५ लाख ६ हजार ४ सय ३५ कित्ताका लागि आवेदन दिएका छन्। जसमा लगानीकर्ताले ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५ सय रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

त्यस्तैगरी एफपीओतर्फ १ करोड २८ लाख २७ हजार कित्ताका लागि आवेदन परेको छ। जसमा २ अर्ब ३६ करोड ७९ लाख ७४ हजार ७ सय ९५ रुपैयाँ बराबरका लागि लगानीकर्तालाई अवसर आउने छ।

हकप्रद सेयरका लागि पनि ११ करोड ४२ लाख ४० हजार ७ सय ३३ कित्ताका लागि आवेदन परेको छ। जसमा लगानीकर्ताको ११ अर्ब ४२ करोड ४० लाख ९१ हजार ३ सय १३ रुपैयाँ बराबरको लगानी हुनेछ।

त्यस्तै डिभेन्चरतर्फ २८ अर्ब ८० करोड रुपैयाँबराबर दर्जनौँ कम्पनीले लाखौँ कित्ता जारी गर्दैछन्।


प्रकाशित : शनिबार, मंसिर २२ २०८१०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend