मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं- कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

बैंकले २०८१ असोज ३० गते १८ औँ वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (करसमेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो। उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

सूचीकृत भएको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ। नगद लाभांश बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ।

यदि कुनै सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend