मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एसियन कंक्रीटो लिमिटेडले ९ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
एसियन कंक्रीटो लिमिटेडले ९ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- एसियन कंक्रीटो लिमिटेडको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड (एनआई)सँग सम्झौता गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले ४६ करोड ८७ लाख ५० हजार रूपैयाँको २० प्रतिशत हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो।

कम्पनीले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा प्रचलित धितोपत्रसम्बन्धी नियमावली तथा निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम मूल्यांकन गराइ मूल्यांकनबाट कायम हुन आउने प्रिमियमबापतको रकम थप गरी प्रिमियममा आईपीओ जारी हुने जनाएको छ। 

साधारण सेयर निष्कासनसम्बन्धी निष्कासन तथा बिक्री प्रबन्धकसँग कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भइ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको नियमावली, २०६४ बमोजिम सञ्चालनमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे। 


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८१११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend