बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
images
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ। आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ।

images
images

कास्की- २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो।  

images
images
images

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए।

images
images

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ। आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। 

images
images
images

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो। आयोजना जलप्रवाहमा आधारित छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend