शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

२ करोड ७२ लाखमा ‘चार्जिङ स्टेसन’ निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
images
२ करोड ७२ लाखमा ‘चार्जिङ स्टेसन’ निर्माण
फाइल तस्बिर

स्टेसनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ।

images
images

चन्द्रपुर- रौतहटको चन्द्रपुरमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन निर्माण गरिएको छ। एकै पटकमा १५ वटासम्म विद्युतीय सवारी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन निर्माण भएको हो। 

images
images
images

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर-५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा दुई करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण भएको छ। 

images
images

स्टेसनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे। 

images
images
images

स्टेसनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ। स्टेसनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ।

बढ्दो विद्युतीय सवारीको प्रयोगलाई मध्यजनर गरेर सहज रुपमा चार्जिङ सेवा उपलब्ध होस भनेर ठूलो संख्या सवारी चार्ज गर्न मिल्नेगरी बनाइएको हो। 


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend