शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
images
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

images
images
images

साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ। 

images
images

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

images
images
images

त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका  धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend