बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

कार्बन आम्दानीको रकम नविकरणीय उर्जा प्रवर्द्धनमा लगाउने निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
images
कार्बन आम्दानीको रकम नविकरणीय उर्जा प्रवर्द्धनमा लगाउने निर्णय

यस्तै बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुव्र्यवहार  (निवारण) आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवर्द्धनमा लगाउने भएको छ। 

images
images
images

वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बैकल्पिक उर्जा विकास समितिको बिहिबार साँझ बसेको बैठकले नविकरणीय उर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो। 

images
images

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्याँस, सौर्य सिंचाई, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नविकरणीय उर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

images
images
images

यस्तै बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुव्र्यवहार  (निवारण) आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ। साथै केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृती प्रदान गर्ने निर्णयसमेत गरेको छ। 

बैठकमा समितिका अध्यक्ष एवम् उर्जामन्त्री खड्काले स्वदेशमा विद्युत खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पुरा गर्नका लाई केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको मन्त्री खड्काको भनाई उदृत गर्दै बैठकमा सहभागी केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए। 

यस्तै बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो। 

उर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्याँसलाई विस्थापनको लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रुपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिए।


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend