शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

क्रिप्टो करेन्सी कारोबार गने ३ जना पक्राउ

images
शुक्रबार, माघ ७ २०७८
images
क्रिप्टो करेन्सी कारोबार गने ३ जना पक्राउ
images
images

काठमाडौं- नेपाल प्रहरीले क्रिप्टो करेन्सी र बिट क्वाईनबाट वित्तीय कारोबार गर्ने  ३ जनालाई प्रकाउ गरेको छ।

images
images
images

प्रहरीले राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी र बिट क्वाईनबाट वित्तीय कारोबार गरेको आरोपमा प्रकाउ गरेको हो।

images
images

उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको मिनभवनबाट प्रकाउ गरेको हो। उनीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर पठाइको प्रहरीले जनाएको छ।

images
images

पक्राउ परेका व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९ सय ७५ जनासँग १ हजार ९ सय २६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँ कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको  प्रहरीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend