मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

विश्वस्त देखिएनन् लगानीकर्ता, यो साता उतारचढावबीच सामान्य घटेको नेप्से आउने साता बढ्ला?

images
बिहीबार , मंसिर २० २०८१
images
images
विश्वस्त देखिएनन् लगानीकर्ता, यो साता उतारचढावबीच सामान्य घटेको नेप्से आउने साता बढ्ला?
images
images

काठमाडौं- सेयर बजारमा यो साताको कारोबार लगानीकर्ताका लागि सुखद हुन सकेन। उतारचढावपूर्ण देखिएको सातामा बजार समग्रमा १३.१२ अंकले घटेको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरिरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। 

images
images
images

यो साता आइतबार ९.९९ अंकले घटेर सोमबार १९.९७ अंकले बढेको सेयर बजार मंगलबार पनि वृद्धितर्फ नै लागेको थियो। मंगलबार १७.८० अंकले बढेको बजार बुधबार २४.९७ अंकले घटेकोमा बिहीबार पनि ओरालोतिर नै लागेको हो। 

images
images

बिहीबार १५.९३ अंकले घटेर बजार २७३४.९३ बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images
images

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत फेरबदल नहुँदा लगानीकर्ता केही दोधारमा देखिएको र पर्ख र हेरकै अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत भने देखिएको उनीहरूको भनाइ छ। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरूको तर्क छ। आउने साता बजारले उतारचढावपूर्ण यात्राबीच केही उचाइ समात्ने सम्भावना रहेको उनीहरू बताउँछन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिँदैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर २० २०८११५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend