काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले उदारीकरणपछि रहेका सुधारका काम अघि बढाइने बताएका छन्।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारले सम्पन्न गरेका कामहरुका बारेमा जानकारी दिँदै उनले उदारीकरणपछि धेरै सुधार भएको तर बाँकी सुधारका काम अब अघि बढाइने बताए।
देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रशासनिक र नीतिगत सुधारका बाँकी कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए।
'उदारीकरणपछि नेपालले थुप्रै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। बाँकी रहेका प्रशासनिक तथा नीतिगत सुधारका काम अब प्राथमिकताका साथ अघि बढाइने छ' उनले भने'यो काम गर्दा सुशासन र सहभागितालाई प्राथमकिता दिइन्छ।'
प्रधानमन्त्री देउवाले चालु वर्षमा आर्थिक गतिविधिमा तीव्रता आएको बताए।