शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

images
बिहीबार , मंसिर २० २०८१
images
images
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

संघीय सरकारबाट चार करोड रूपैयाँ बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको बताइएको छ।

images
images

दमौली- तनहुँको व्यास नगरपालिका-११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ। उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो।

images
images
images

बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए। उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ।

images
images

बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो। संघीय सरकारबाट चार करोड रूपैयाँ बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए। व्यास नगरपालिका-११ देखि भानु नगरपालिका-६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए।

images
images
images

पहिलो चरणमा व्यास नगरपालिका-११ शेरादेखि ढुंगाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ। जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ।

हालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ। अध्यक्ष भट्टराईले भने, 'सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ।'


प्रकाशित : बिहीबार , मंसिर २० २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend