मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१ करोड ७९ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

बुधबार, मंसिर १९ २०८१
१ करोड ७९ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको कुल १ करोड ७९ लाख ८२ हजार ९ सय ३७ दशमलव ७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सीईडीबी होल्डिङको १० लाख २४ हजार ९ सय १९ दशमलव ६१ कित्ता, अपि पावरको २८ लाख ९३ हजार २ सय ९८ दशमलव ९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८ सय १५ दशमलव २७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९ सय ३ दशमलव ८८ कित्ता गरेर कुल १ करोड ७९ लाख ८२ हजार ९ सय ३७ दशमलव ७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन्। 

एभरेष्ट बैंकले गत आवको नाफाबाट दिएको असोज २० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले ५.५३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यस्तै कामना सेवा विकास बैंकले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 

अपि पावरले कात्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले ०‍.२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो। 

सीईडीबी होल्डिङले असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ११ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनस सेयरबापत लाग्ने कर सेयरधनीले नभइ कम्पनीले तिर्ने जानकारी गराएको छ। 


प्रकाशित : बुधबार, मंसिर १९ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend